कारवाही रोक्न माग गर्दै माधव नेपाल पक्ष ओलीविरुद्ध सर्वोच्च अदालतमा
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले सांसद पदबाट कारवाही गर्नेगरी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले थालेको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा जान लागेको छ ।
एमालेले नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो । कानून व्यवसायीहरूसँगको छलफलपछि कारवाही प्रक्रिया रोकी पाउँ भन्दै सर्वोच्च अदालत जान लागिएको नेता बेदुराम भुसालले बताए ।
‘साथीहरूले यसको तयारी गरिरहनुभएको छ,’ उनले भने, ‘ सबै तयारी पूरा भएपछि आजै सर्वोच्च जान्छौं ।
नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले उत्प्रेषणको आदेशबाट ओलीको कारवाही प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिने तयारी भइरहेको नेपाल प्रेसलाई बताए ।
एमालेले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेपछि नेपाल पक्ष अदालत गएको हो ।
२०७२ को नाकाबन्दीले हामी नेपालीलाई हाम्रो ल्याकत भारतको नियत बुझ्न सहयोग गरेको थियोभने २०७७ मा नेकपा हुँदै नेकपा (एमाले) मा सरेको विवाद र विग्रहको रोगले कुण्ठा र उपयोगितावादको असल अनुहार चिन्ने चिनाउने अवसर दिदैछ। त्यसैले नकारात्मकता भित्र पनि सकारात्मकता खोजौं र अघि बढौं!