कर्मचारीमा कोरोना देखिएपछि कुश्मा नगरपालिका एक साताका लागि बन्द – Nepal Press

कर्मचारीमा कोरोना देखिएपछि कुश्मा नगरपालिका एक साताका लागि बन्द

पोखरा । पर्वतको कुश्मा नगरपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द हुने भएको छ । बिहीबारदेखि १५ गतेसम्मका लागि नगरपालिका कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएकाे हाे ।

‘कार्यालयको उच्च ओहोदाको कर्मचारीमा कोरोना पुष्टि भयो । अरुलाई संक्रमण नहोस् भनेर नगरपालिका बन्द गर्ने निर्णय भएको छ,’ नगरपालिकाका उपप्रमुख सीता लामिछानेले भनिन्, ‘तर, कार्यालयकाृ अत्यावश्क काम भने बन्द हुँदैन ।’

उनका अनुसार कार्यालयबाट हुने स्वास्थ्य सेवा, फोहोर मैला व्यवस्थापन, दमकल लगायतका अत्यावश्यक सेवा बन्द हुने छैनन् । मंगलबारमात्रै बागलुङको एक विद्यालयका शिक्षक, विद्यार्थीसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि बलेवा क्षेत्रमा लकडाउन घोषणा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर