दोस्रो वार्ताको लागि मेरियट पुगे ओली र नेपाल
नेपाल प्रेस
२०७८ वैशाख ९ गते १४:२९
काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठत नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको वार्ता शुरू भएको छ ।
नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच केही बेरअघि वार्ता शुरू भएको हो । ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय गर्ने भएकाले यसलाई निर्णायक ठानिएको छ ।
बुधबार ओली र नेपालबीच भएको भेटले लामो संवादहिनता तोडेको छ। हिजोको वार्तामा नेता नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि वार्ता निष्कर्षमा पुगेको थिएन ।
प्रतिक्रिया
सम्बन्धित खवर