कर्मचारीलाई कोरोना संक्रमण भएपछि महाराजगञ्ज नगरपालिका बन्द
कपिलवस्तु । कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ ।
नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो । नगर कार्यपालिकाले आज एक सूचना जारी गरी वैशाख १० देखि १७ गतेसम्म बन्द रहने जनाएकाे छ ।
नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका अन्य सेवा बन्द रहने नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।
नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्था यथावतरूपमा सञ्चालन हुने सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिए ।