एमालेका थप दुई सांसदले स्पष्टिकरण बुझाए
नेपाल प्रेस
२०७८ वैशाख १० गते १५:०९
काठमाडौं । नेकपा एमालेका सांसदद्वय निरादेवी जैरु र दिपकप्रकाश भट्टले स्पष्टीकरण बुझाएका छन् ।
सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा पुगी उनीहरूले स्पष्टीकरण बुझाएका हुन् । नेकपा एमालेले २७ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले यसअघि नै स्पष्टीकरण बुझाइसकेकोमा संसदीय दलको कार्यालयबाट अध्यक्ष ओलीकोमा नपुगेको स्रोतले बताएको छ ।
अब स्पष्टीकरण पेस गर्न बाँकीमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी छन् ।
प्रतिक्रिया