कर्णाली सरकारले कोरोनाको महङ्गो औषधि निःशुल्क दिने – Nepal Press

कर्णाली सरकारले कोरोनाको महङ्गो औषधि निःशुल्क दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाबाट संक्रमित भई आईसीयू तथा भेन्टिलेटरमा उपचार गराइरहेका विरामीहरुका लागि सबैभन्दा महँगो औषधि ‘रेम्डिसेभर’ निःशुल्क उपलब्ध गराउने भएको छ ।

सरकारका प्रवक्ता एवम भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले गरिब तथा ज्येष्ठ नागरिकलाई औषधीको डोज निःशुल्क उपलब्ध गराउने तयारी प्रदेश सरकारले बनाएको बताएकी छिन् ।

‘गरिब, महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई अन्तिम अवस्थामा पुगेको समयमा जोगाउनका लागि दिइने सबैभन्दा महँगो औषधि रेम्डिसेभर हामीले निःशुल्क दिनेछौं’, उनी भन्छिन्, ‘त्यसका लागि कोभिड कोषबाट आवश्यक बजेट व्यवस्था गरी स्वास्थ्य सेवा निर्देशनालयलाई औषधि व्यवस्थापन गर्न आवश्यक निर्देशन दिइसकेका छौं ।’उनले औषधी अभावमा कोही कसैलाई ज्यान गुमाउन नदिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर