खानेपानीमन्त्री थापालाई कोरोना, स्वास्थ्य अवस्था सामान्य
नेपाल प्रेस
२०७८ वैशाख १७ गते १३:२९
काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार नमुना परीक्षण गर्दा मन्त्री थापाको शुक्रबार बिहान रिपोर्ट पोजेटिभ देखिएको हो ।
छोरीलाई कोरोना संक्रमण भएपछि कन्टयाक्ट ट्रेसिङमा परेपछि नमुना परीक्षण गर्दा पोजेटिभ भएको मन्त्री थापाले नेपालप्रेसलाई बताए ।
उनले भने,‘ छोरीलाई कोरोना पुष्टि भएपछि मैले पनि हिजो स्वाव दिएको थिए । आज पोजेटिभ आयो । हल्का शरीर दुखेको छ अरु स्वास्थ्य समस्या छैन ।
उनी अहिले मन्त्री क्वाटरमा होम आइसोलेसनमा बसेका छन् । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर