प्रदेशसभा अधिवेशन अन्त्यप्रति असन्तुष्ट सभामुख घर्ती प्रदेश प्रमुखको कार्यालयमा – Nepal Press

प्रदेशसभा अधिवेशन अन्त्यप्रति असन्तुष्ट सभामुख घर्ती प्रदेश प्रमुखको कार्यालयमा

रुपन्देही । सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि असन्तुष्ट बनेका लुम्बिनीका सभामुख पूर्णबहादुर घर्ती प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । प्रदेश सचिव दुर्लभकुमार पुनले सभामुख-प्रदेश प्रमुख भेटको पुष्टि गरे ।

राजीनामा दिइसकेको सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न पाउने वा नपाउनेबारे छलफल गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसँग घर्तीले भेट गरेका हुन् ।

सरकारले आजै दिउँसो बस्ने अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुखसमक्ष गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर