प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ वैशाख २० गते १४:२८
![](https://www.nepalpress.com/wp-content/uploads/2021/05/cabinet-19-baisakh.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद्को बैठक बोलाएका छन् ।
अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।
कोरोना महामारी नियन्त्रणमा भइरहेको काम र आगामी रणनीतिबारे मन्त्रालयगत समीक्षा हुने बताइएको छ । तीव्र गतिमा संक्रमण फैलिएकाले स्वास्थ्य आपतकाल घोषणाका लागि पनि सरकारलाई दबाब छ ।
मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । हिजोको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएका थिए । त्यसैअनुसार २७ वैशाखमा विश्वासको मत लिने प्रयोजनका लागि मात्रै प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर