लुम्बिनीमा दुई मन्त्रीको पुनर्नियुक्ति
नेपाल प्रेस
२०७८ वैशाख २० गते १८:०८
रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनर्नियुक्ति भएको छ । आइतबार पुनःनियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रीमण्डलमा पुनः समावेश गरेका हुन् ।
उनीहरु दुवै जसपाबाट मन्त्रिमण्डलमा सहभागी भएका हुन् ।
सोमबार पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र शर्मालाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाएका छन् । आज थप गरिएसँगै मन्त्रीमण्डल ७ जनाको पुगेको छ।
प्रतिक्रिया
सम्बन्धित खवर