भर्याङ बनाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु
नेपाल प्रेस
२०७८ वैशाख २१ गते १७:५०
सुर्खेत । सुर्खेतमा भर्याङ बनाउने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ७ का १९ वर्षीय विरु चौधरीको मृत्यु भएको हो ।
दिउँसो दुई बजे विरेन्द्रनगर सात कालिन्चोकमा एक व्यक्तिको घरमा भर्याङ्ग जोड्न लागेको समयमा एक्कासी करेन्ट प्रवाह हुदाँ उनको ज्यान गएको हो ।
उनलाई उपचारका लागि देउती अस्पताल ल्याइएको र अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहीले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर