न्यायमा सहज पहुँच सुनिश्चित होस् : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना दिएकी छिन । राष्ट्रपति भण्डारीले आईतबार अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन कानुन दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन ।
रासस
कानुन दिवस २०७८ को अवसरमा कानुन तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् ।
— Bidya Devi Bhandari (@BidyaDBhandari) May 9, 2021
मनको राजा बन्न सक्नुपर्छ ।जनताले महशुस गरेको हेर्न पाउ।