बाँकेमा २६३ जना नयाँ कोरोना संक्रमित थपिँदा ४१५ जना संक्रमणमुक्त
रूपन्देही । बाँकेमा २ सय ६३ जना नयाँ कोरोना संक्रमति थपिँदा ४ सय १५ जना संक्रमणमुक्त भएका छन् । दुई प्रयोगशालामा ३ सय ७९ जनाकाे नमुना परीक्षण गर्दा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा बढी पीसीआर परीक्षण हुने भेरी अस्पतालकाे रिपाेर्ट डीसीसीएमसी बाँकेले उपलब्ध गराएकाे छैन् । बाँकेमा कोरोनामुक्त हुनेको संख्या उच्च भए पनि मृत्युदर भने बढेको छ ।
आइतबार जिल्ला बाहिरका समेत गरि १७ जनाको मृत्यु भएको छ । बाँकेका ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बाँकेमा जिल्लाभित्रका मृत्यु हुनेको संख्या अहिलेसम्म १ सय ८६ पुगेको छ भने जिल्ला बाहिरका मृतकको संख्या १ सय ३९ पुगेको छ ।