लागुऔषध हेरोइनसहित दुई युवा पक्राउ
कन्चनपुर । सुरक्षा संयन्त्र निषेधाज्ञा कार्यान्वयनमा लागेकाे बेला भारतसँग सिमाना जोडिएको कञ्चनपुरका दुई युवा लागूऔषधसहित पक्राउ परेका छन ।
कञ्चनपुर प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका-१० स्थित नेपाल-भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यसअघि खैरो हिरोइन पैठारीमा यहाँका सीमा नाकाबाट एक दर्जनभन्दा बढी भारतीय युवकलाई पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरीले यहाँको दोधारा चाँदनीबाट पनि स्थानीयवासी ३३ वर्षीय प्रेमदत्त भट्ट र वेदकोट नगरपालिका–२ का ३२ वर्षीय केशव खत्रीलाई खैरो हिरोइनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत गिरीले बताए । उनले अभियुक्तहरुको साथबाट १४.६९ ग्राम खैरो हिरोइनसमेत बरामद गरेको जानकारी दिए ।
रासस