धादिङ अस्पतालका ४० स्वास्थ्यकर्मी सङ्क्रमित
धादिङ । धादिङ अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
अधिकांस स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य बिरामीहरुको दैनिक उपचारमा समेत समस्या आएको हो ।
सङ्क्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकाले सङ्क्रमित स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पतालले जनाएको छ ।
नौ दिनसम्म लगातार २४ घण्टाको डिउटी गर्दा थकित भए पनि काम नरोकेको अस्पतालका स्वास्थ्य सहायक कृष्णलाल उप्रेतीले बताए । पालोदिने स्वास्थ्यकर्मी नभएकाले नौ दिनसम्म २४ घण्टा खटिनुपरेको उप्रेतीको भनाइ छ ।
अस्पतालमा हाल दुई स्वास्थ्यकर्मीले नौ दिनदेखि लगातार बिरामीको उपचार गरिरहेका छन् ।
रासस