युएईद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्धको घोषणा
काठमाडौं । संयुक्त अरब इमिरेट्सले आउँदो बुधबार मध्यरातदेखि लागु हुने गरी नेपालसहितका चार दक्षिण एसियाली मुलुकलाई यात्रा प्रतिबन्धको घोषणा गरेको छ ।
नेसनल इमर्जेन्सी क्राइसिस कमिटीले सोमबार उक्त निर्णय गरेको खलिज टाइम्सले जनाएको छ । ट्रान्जिटका उडानहरुमा पनि रोक लगाइएको छ ।
युएईका नागरिक, कूटनीतिज्ञ, डेलिगेट्स र गोल्डेन भिसा होल्डर्सलाई भने रोक लगाइएको छैन । नेपालसहितका दक्षिण एसियाली मुलुकमा कोभिड–१९ को संक्रमण फैलिएको निष्कर्ष निकाल्दै युएईले सो निर्णय गरेको हो ।
#NCEMA and Civil Aviation: Suspension of entry for travelers from Bangladesh, Pakistan, Nepal and Sri Lanka on national and foreign flights, also for transit passengers, with the exception of transit flights traveling to UAE and bound for these countries.https://t.co/Dhjg6dhPrp pic.twitter.com/bkPgdWexmM
— NCEMA UAE (@NCEMAUAE) May 10, 2021