रसुवा जिल्लामा पनि निषेधाज्ञा
रसुवा । रसुवा प्रशासनले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
कोरोना संक्रमण रोकथामको लागि निषेधाज्ञा लगाउनु परेकाे प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । उनेले कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै कोरोना सङ्क्रमण नियन्त्रणमा निषेधाज्ञा पालना गर्न अपील गरे ।
पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको र अत्यावश्यक खाद्यान्न बिक्री वितरणका लागि बिहान ६ देखि ९ बजे समय निर्धारण गरिएको छ ।
औषधि पसल भने चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ । यही वैशाख ५ गतेदेखि तीन जनामा पुष्टि भएको कोरोना हाल रसुवाका पाँचवटै क्षेत्रमा फैलिएका कारण संङ्क्रमितको सङ्ख्या १७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रासस