मन्त्री आलेले पठाए डोटी अस्पताललाई अक्सिजन
नेपाल प्रेस
२०७८ वैशाख ३० गते १९:४१
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीका लागि २१ थान अक्सिजन सिलिन्डर पठाइएका छन ।
अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन सिलिन्डर पठाइएको हो ।
जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर पुगेपछि कोरोना सङ्क्रमितलाई उपचारमा सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताए । उनले भने, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचार गाह्रो थियो, अब सहज हुन्छ ।”
प्रतिक्रिया
सम्बन्धित खवर