घरमै बसेर पर्व मनाउन मुख्यमन्त्री राउतको आग्रह
जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन आग्रह गरेका छन ।
इस्लाम धर्मालम्बीहरूको महान पर्व ईल–उल फित्रको अवसरमा आज प्रदेशवासीमा शुभकामना सन्देश दिदै घरमै बसेर पर्व मनाउन आग्रह गरेका हुन ।
मुख्यमन्त्री राउतले यस पर्वको माध्यमबाट मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिबृद्धि होस् भनि कामना गर्नुभएको मुख्यमन्त्रीको प्रेस सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको जनाउदै मुख्यमन्त्री राउतले प्रदेशवासीहरुमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोतर प्रगतिको कामना गरे ।
प्रदेश सरकारले ईदउल फित्र मनाउनका लागि शुक्रबार वैशाख ३१ गते प्रदेशभर सार्वजनिक विदा दिएको सो विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।