प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आह्वान
नेपाल प्रेस
२०७८ वैशाख ३१ गते ९:३९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले परिवर्तन विरोधी प्रगितामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका छन् ।
मुस्लिम समुदायका पर्व इद उल फित्रको अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रचण्डले बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको भन्दै संघर्षमा उत्रिन आह्वान गरेका हुन् ।
प्रचण्डले महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन आग्रह गर्दै मुस्लिम समुदायलाई शुभकामना दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर