माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
नेपाल प्रेस
२०७८ वैशाख ३१ गते ११:४८
नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार उनीसँग माछा मार्न गएका अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ ।
रासस
प्रतिक्रिया
सम्बन्धित खवर