धनुषामा एक वडाध्यक्षको निधन
नेपाल प्रेस
२०७८ वैशाख ३१ गते १२:०९
जनकपुरधाम । धनुषा मिथिला विहारी नगरपालिका -५ का वडाअध्यक्ष विनोद कुमार मण्डलको मृत्यु भएको छ ।
४५ वर्षिय वडाअध्यक्ष मण्डल विगत ६/७ दिनदेखि ज्वरो र रुघाखोकी लागेपछि होम आइसोलेसनमा बसेका थिए ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित चन्द्रकला अस्पतालमा उनलाई ल्याइएको थियो । तर उपचारकै क्रममा मध्यरातमा निधन भएको स्थानीय दिपन ठाकुरले बताए ।
उनका अनुसार कोरोनाबाटै वडाध्यक्ष मण्डलको निधन भएको आशंका छ । तर पुष्टि भने भएको छैन । पीसीआर परीक्षण पनि गराएको थिएन । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर