स्वास्थ्यसुरक्षाका मापदण्ड पालना गरी ‘इद उल फित्र’ मनाउन देउवाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यसुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन ।
इस्लाम धर्मावलम्बीको पर्व “इद उल फित्र” का अवसरमा शुभकामना सन्देश दिदैँ नेता देउवाले कोरोनाको जोखिम दृष्टिगत गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह गर्नुभएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेका परिस्थितिमा स्वास्थ्य मापदण्डपुरा गरी मनाउन हुन मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएको उल्लेख छ ।
इद उल फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहेको सन्देशमा भनिएको छ ।
उनले लोकतन्त्रको रक्षार्थ मुसलमान समुदाय अझ बढी जिम्मेवार रहने विश्वास व्यक्त गर्दै भने ‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास छ ।