कैलालीमा शनिवार ६ संक्रमितको मृत्यु, ५३५ जनामा संक्रमण – Nepal Press

कैलालीमा शनिवार ६ संक्रमितको मृत्यु, ५३५ जनामा संक्रमण

कैलाली । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका ५ जना र कंचनपुरका १ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कैलालीको गोदावरी नगरपालिकाका ३ जना , धनगढी र बर्दगोरियाला १/१ जनाको मृत्यु भएको छ । कंचनपुर भिमदत्त नगरपालिकाका १ जनाको मृत्यु भएको छ ।

५३५ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा कैलालीका ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८३५ जनाको परीक्षण गर्दा कैलालीका ५३५ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढी उपमहानगरपालिका भित्रका २७२ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका अन्य स्थानीय तहमा २६३ जना संक्रमित भएका छन् ।कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा २० जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले अस्पतालको अस्थायी कोरोना अस्पतालमा १०८ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये १ जना भेन्टिलेटरमा र १४ जना आइसीयूमा छन् । पछिल्लो २४ घण्टामा कोहि पनि निको भएका छैनन् भने १६ जन अस्पताल भर्ना भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *