जेठ २ को बटमलाइनबारे सूर्य थापाको टिप्पणी- तीन वर्षपछि फर्किनु प्रगिमन हुन्छ
नेपाल प्रेस
२०७८ जेठ २ गते १४:०६
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तीन वर्षअघिको जेठ २ मा फर्किने माधव नेपाल पक्षको प्रस्तावलाई प्रतिगमनको संज्ञा दिएका छन् ।
थापाले आज २०७८ जेठ २ गते भन्ने सन्दर्भ जोड्ने यसबाट पछाडि फर्किनु प्रतिगमन हुने सुझावहरू प्राप्त भएको बताएका छन् । थापाले अंग्रेजीमा ‘नो वे’भन्दै २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काउने सम्भावना नकारेका हुन् ।
थापाले भनेका छन्, ‘आज २०७८ जेठ २ गते । पूरा तीन वर्ष बित्यो । प्राप्त सुझाव- पछाडि फर्किनु त प्रतिमगन हुन्छ, नो वे ।’
प्रतिक्रिया
सम्बन्धित खवर