काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार जना प्रहरी नियन्त्रणमा
नेपाल प्रेस
२०७८ जेठ ३ गते १५:०१
काठमाडौं । पछिल्लो २४ घण्टायता उपत्यकामा निषेधाज्ञाको उल्लंघन गरी बाटोमा हिड्ने ६ हजार १ सय ५१ जनालाई होल्डमा राखी प्रहरीले सम्झाई बुझाई छोडेको छ ।
प्रहरीले ९ सय १३ वटा गाडी र १ हजार ९ सय २ वटा मोटरसाइकल गरी २ हजार ८ सय १५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय १९ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर