सुनको मूल्य तोलामा ६ सयले बढ्यो
नेपाल प्रेस
२०७८ जेठ ४ गते ११:१४
काठमाडौं । अहिले नेपाली बजारमा सुनको कारोबार ठप्प छ । कोरोना माहामारीका कारण कुनै पनि व्यपार व्यवसाय चलेको छैन । तर, अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा दिनानु दिन वृद्धि भएका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भइरहेको हो ।
मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीमा पनि एकैचोटी तोलामा ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर