BREAKING
मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते
नेपाल प्रेस
२०७८ जेठ ८ गते ०:५७
काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ ।
राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।
सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले नेपाल प्रेसलाई बताए ।
प्रतिक्रिया
भन्न त चाहन्थे धेरै कुरा तिमी संग
नेता हो अहंकारलाइ त्यागीदेउ ,
हुन्छ धेरै नोक्सान ।
जीतौं राजा संग प्रेम जगाई
राजाको नयाँ परिभाषा,
राजा शब्द, जनता अर्थ
राजा बिना देश नै ब्यर्थ।।
नेपाल र नेपालीको लागी मात्र
जय देश जय नरेश