नागरिकता अध्यादेशको मधेशमा स्वागत, महन्थ पक्षीय जसपाको दिपावली – Nepal Press

नागरिकता अध्यादेशको मधेशमा स्वागत, महन्थ पक्षीय जसपाको दिपावली

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि मधेसका जिल्लामा स्वागत गरिएको छ । जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले दिपावली नै मनाएकाे हाे ।

लामो समयदेखि नागरिकताबाट बञ्चित मधेसी नागरिकको माग पुरा भएको खुशियालीमा दिपावली मनाएको जसपाका यूवा नेता प्रशान्त झाले जानकारी दिए । उनले भने, ‘मधेसी जनताको तर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरलाई धन्यवाद छ ।’

सरकारले समेत जनमसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने निर्णय गरिसकेको र राष्ट्रपतिले अध्यादेश ल्याएसकेपछि अब तत्कालै जिल्ला प्रशासन कार्यालयहबाट नागरिकता वितरण सुरु गरियोस्– नेता झाले भने । बाबु आमा जन्मसिद्ध नेपाली नागरिक भए पनि छोराछोरी नागरिकताबाट बन्चित हुँदा हजारौं युवाले पढाइ, जागिर र विदेश जानबाट बन्चित भएका थिए । यो अध्यादेशले आफनै देशभित्र अनागरिक भएकालाई न्याय मिलेको भन्दै मधेशमा दिपावली गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर