बास्कोटाको व्यंग्य–दरबारमा निवेदन हाल्ने र प्रजातन्त्र बुझाउने हस्ती सुधारिएको पञ्चायत माग्न अदालत गएछन्
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले नेता माधवकुमार नेपालमाथि बहुदलीय व्यवस्थामा निर्दलीय प्रणाली माग्न अदालत गएको आरोप लगाएका छन् ।
एमालेका २३ सांसदसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दर्ता गरे लगत्तै बास्कोटाले सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुई हस्ती अदालत गएको टिप्पणी गरेका हुन् ।
बास्कोटाले भनेका छन्–सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती (दरवारमा निवेदन हाल्ने र दरवारमै प्रजातन्त्र बुझाउने) अदालत गएछन।बहुदलमा निर्दलको माग !
रिट निवेदनमा देउवालाई समर्थन गरेका आधारमा एमालेका सांसदमाथि कारवाही हुनबाट रोक्न समेत माग गरिएको सन्दर्भमा बास्कोटाले बहुदलमा निर्दलको माग गरिएको बताएका हुन् ।
सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती (दरवारमा निवेदन हाल्ने र दरवारमै प्रजातन्त्र बुझाउने) अदालत गएछन।बहुदलमा निर्दलको माग !
— Gokul Prasad Baskota (@GokulPBaskota) May 24, 2021