नेपालको कूटनीतिक सम्बन्ध भएका देशको संख्या १ सय ७० पुग्यो
काठमाडौ । नेपाल र अफ्रिकी देश गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १ सय ७० पुगेको छ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई र गाम्बियाका स्थायी प्रतिनिधि लाङ याबुबीच सम्झौतापछि संयुक्त बक्तव्य सार्वजनिक भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
सन १८१६ मा बेलायतसँग कुटनैतिक सम्बन्ध बनाएर सुरु भएको नेपालको कूटनीतिक यात्रा मुलुक गाम्बियासम्म पुग्दा १ सय ७० भएको छ।
सन २०२१ मा मात्र नेपालले दुई देशसँग कूटनीतिक सम्बन्ध बढाएको छ । गाम्बियासग हुनुअघि सन २०२१ को अप्रिल ३० मा नेपाल र कमनवेल्थ अफ डोमिनिकाबीच कूटनीतिक सम्बन्ध सुरुआत भएको थियो।
सन २०२० मा भने नेपालको कुनै देशसग पनि नयाँ कूटनीतिक सम्बन्ध स्थापना भएन। संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्य भएकोमा नेपालले अझैसम्म पनि सबैसँग कूटनीतिक सम्बन्ध बनाएको भने छैन।