कोरोना संक्रमित बालबालिकालाई कीर्तिपुर आयुर्वेद अस्पताल पठाइयो
नेपाल प्रेस
२०७८ जेठ ११ गते १७:४१
काठमाडौं । कोरोना संक्रमित दुई बालमन्दिरका आश्रित बालबालिकालाई सरकारले आइसोलेसनको व्यवस्था गरेको छ ।
नेपाल बाल संगठन अन्तर्गत संचालित नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ बालबालिकामा एकैपटक कोरोना पुष्टि भएको थियो ।
यो पनि पढ्नुहोस् : बालमन्दिरमा संरक्षित ४९ बालबालिकालाई एकैपटक कोरोना संक्रमण
संगठनका महासचिव समिक बडालका अनुसार प्रधानमन्त्री कार्यालयसँगको समन्वयमा ती बालबालिकालाई कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
दुईवटै बालगृहका ४९ र केयर टेकर १० जनासमेत ५९ जनामा संक्रमण देखिएको थियो ।
प्रतिक्रिया