त्रिवेणी देवघाटदेखि दासढुंगासम्म मदन–आश्रित जलमार्गलाई बजेट विनियोजन
नेपाल प्रेस
२०७८ जेठ १५ गते १८:१४
काठमाडौं । सरकारले त्रिवेणी देवघाटदेखि दासढुंगासम्म मदन–आश्रित जलमार्गलाई बजेट विनियोजन गरेकाे छ । नारायणी नदीको त्रिवेणी देवघाट दासढुंगा खण्डलाई मदन आश्रित जलमार्ग नामाकरण गर्दै बजेट विनियाेजन गरेकाे हाे ।
आर्थिक वर्ष २०७८-०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले नारायणी नदीको त्रिवेणी देवघाट दासढुंगा खण्डको नाम मदन आश्रित जलमार्ग नामाकरण गरिएको घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षदेखि कर्णाली, कोशी र नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल लगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक रकम विनियोजना गरिएको अर्थमन्त्री पौडेलले घोषणा गरे ।
प्रतिक्रिया