प्रदेश २ का अर्थमन्त्रीको दावी : बजेट असंवैधानिक र अलोकतान्त्रिक – Nepal Press

प्रदेश २ का अर्थमन्त्रीको दावी : बजेट असंवैधानिक र अलोकतान्त्रिक

जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले अध्यादेश मार्फत बजेट ल्याउनु नै अलोकतान्त्रिक र असंवैधानिक भएको टिप्पणी गरेका छन् ।

बजेटबारे प्रतिक्रिया दिँदै उनले भने, ‘बजेट समग्रमा ठिकै छ । तर देश संक्रमणकालमा छ । त्यसैले कार्यान्वण हुनेमा शंका छ ।’ कोभिडलाई लक्षित बजेट ल्याउनु ठिकठिकै हो’ उनले थपे ।

उनले आम जनताको हितकमा बजेट केन्द्रित नभएको पनि बताए । अहिले संसद नै नभएको अवस्थामा साँसद विकास कोष खारेज गर्नु स्वभाविक भएको उनको भनाई छ ।

बजेटसम्बन्धी उनको लिखित प्रतिक्रिया


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *