ट्वीटरले फेरि रोक्यो अकाउन्ट भेरिफिकेसन
नेपाल प्रेस
२०७८ जेठ १६ गते १२:१४
काठमाडौं । गत सातादेखि पुन: सुरु भएको ट्वीटरको अकाउन्ट भेरिफिकेसन फेरि रोकिएको छ । सन् २०१७ देखि रोकिएको भेरिफिकेसन गत सातादेखि सुचारु भएको थियो ।
तर, यो एक हप्तामा सोचेको भन्दा एकदमै धेरै रिक्वेस्ट आएपछि ट्वीटरले तत्कालका लागि नयाँ आवेदन रोकेको हो । पछिल्लो सातामा भेरिफिकेसनका लागि भएका आह्वान हेरिसकेपछि पुन: सुचारु गर्ने कम्पनीले बताएको छ ।
‘ट्वीटर भेरिफाइड’ ह्यान्डलबाट ट्वीट गर्दै अहिले तत्कालका लागि नयाँ आह्वान रोकेको पुन: आह्वानका लागि चाँडै बाटो खुल्ने बताएको छ ।
प्रतिक्रिया