प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा मंगलबारसम्मलाई हेर्दाहेर्दैमा
नेपाल प्रेस
२०७८ जेठ १६ गते १७:०८
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ हुने भएको छ ।
आइतबार संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि उठाइएको प्रश्नको निरुपण हुन नसक्दा प्रतिनिधसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुन सकेन ।
शुक्रबार हेर्दाहेर्दैमा रहेको मुद्दाको नियमित सुनुवाइ नभई मंगलबार हुन लागेको हो । यससम्बन्धी सर्वोच्च अदालतमा ३० वटा रिट दायर छन् ।
प्रतिक्रिया