बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु – Nepal Press

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

रूपन्देही । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो ।

उनलाई सोमवार मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल(भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिएका छन् ।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगेर फर्केको र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित छन् । सो क्षेत्रमा बाघको आक्रमण बढ्न थालेकाले स्थानीयले निकुञ्ज प्रशासनसँग सुरक्षाको माग गर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *