एनएमबी बैङ्कका ग्राहकले अनलाइनबाटै ‘कनेक्ट आईपीएस’ भेरिफाइ गर्न सक्ने – Nepal Press

एनएमबी बैङ्कका ग्राहकले अनलाइनबाटै ‘कनेक्ट आईपीएस’ भेरिफाइ गर्न सक्ने

काठमाडौं । एनएमबि बैंकका ग्राहकले ‘कनेक्ट आईपीएस’को सुविधा अनलाइनमार्फत् नै ‘भेरिफाइ’ गर्न सक्ने भएका छन् । विगतमा ‘कनेक्ट आईपीएस’ भुक्तानी सेवा लिन चाहाने ग्राहकले अनलाइनमार्फत फारम भरेर भेरिफाइ गराउनका सम्बन्धित बैंकको शाखामा जानुपर्ने बाध्यता थियो ।

कोभिड १९ को संक्रमणलाई ध्यानमा राखी एनएमबी बैंकसहित १६ वाणिज्य बैंकले ‘एनसीएजएल’को सहकार्यमा अनलाइनमार्फत नै ‘कनेक्ट आईपीएस’ रुजु गर्ने व्यवस्था मिलाएका छन् ।

एनएमबी बैंकका ग्राहकले अनलाइनमार्फत उक्त सेवा ‘भेरीफाइ’ गरी दैनिक १ लाख र मासिक रूपमा १० लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने छन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका ५४ सदस्य बैंक तथा वित्तीय संस्था मध्ये अनलाइनमार्फत् ‘कनेक्ट आइपीएस’ भेरिफाइको सुविधा १६ वाणिज्य बैंक र १ ‘फाइनान्स कम्पनी’ले दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *