बेलायतद्वारा जी-सेभेन बैठकमा ‘खोप पासपोर्ट’को प्रस्ताव, बोरिस जोन्सन भन्छन् : आउने महामारीको तयारी गरौं – Nepal Press

बेलायतद्वारा जी-सेभेन बैठकमा ‘खोप पासपोर्ट’को प्रस्ताव, बोरिस जोन्सन भन्छन् : आउने महामारीको तयारी गरौं

लन्डन । बेलायतले आगामी जी-सेभेन बैठकमा कोभिड-१९ महामारीलाई लक्षित गर्दै खोप पासपोर्ट लागु गर्नुपर्ने प्रस्ताव पेश गर्ने भएको छ । भ्याक्सिन पासपोर्ट लागु गर्न सकिए भविष्यमा आइपर्ने महामारीको चुनौतिसँग जुध्न सकिने उनको भनाई छ ।

क्यानडियन टेलिभिजन सीबीसीसँग कुरा गदै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड-१९ को खोप पासपोर्टबारे बैठकमा सहमति जुट्नुपर्ने बताए । उनले भने, ‘कसरी भ्रमण र पासपोर्टले काम गर्छ भनेर सहमति खोजिनुपर्छ ।’

जुन ११ देखि १३ सम्म बेलायतको कर्नवेलमा आयोजना हुने ठूला अर्थतन्त्र जी-सेभेन (अमेरिका, क्यानडा, जापान, बेलायत, फ्रान्स, इटाली र जर्मनी)को सम्मेलन अघि प्रधानमन्त्री जोन्सनले उक्त कुरा बताएका हुन् ।

‘जसरी २०२० मानव सभ्यताकै लागि संकटपूर्ण रह्यो त्यसैगरि, आगामी दिनमा पनि यस्ता महामारीबाट जोगिन हामीले तयार थाल्नुपर्छ’ जोन्सनले भने । अहिलेसम्म महामारीबाट संसारभर ३.५ मिलियनको मृत्यु भैसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर