राती ९ देखि बिहान ४ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने
नेपाल प्रेस
२०७८ जेठ १९ गते १६:११
काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा राती ९ बजेदेखि बिहान ४ बजेसम्म निर्माण सामग्रीको ढुवानी गर्न पाइने भएको छ ।
बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै ढुवानी गर्न दिने अनुमति दिएको हो ।
बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।
प्रतिक्रिया