पूर्वप्रहरी परिवारलाई स्वास्थ्य सामाग्री वितरण – Nepal Press

पूर्वप्रहरी परिवारलाई स्वास्थ्य सामाग्री वितरण

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पूर्वप्रहरी, अमर र अशक्त प्रहरी परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

प्रहरीले ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिकामा बसोबास गर्दै आईरहेका अवकाश प्राप्त पूर्वप्रहरी कर्मचारी र अमर, अशक्त प्रहरीका ९५ परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय मोतिपुर, ईलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउँ, प्रहरी चौकी कतर्नियाघाट र अस्थाई प्रहरी चौकी ठाकुरद्वाराबाट स्वास्थ्य सुरक्षा सामाग्री सर्जिकल मास्क र साबुनहरु वितरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले पूर्वप्रहरीहरुको अवस्था, गुनासाहरु, सुझावहरु सुन्नुका साथै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न  आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *