कार्यस्थलमै श्रमिक राखेर अत्यावश्यक उद्योग संचालन र निर्माण कार्य गर्न पाइने
नेपाल प्रेस
२०७८ जेठ १९ गते १६:२८
काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा कार्यस्थलमै श्रमिक राखेर अत्यावश्यक उद्योग संचालन तथा निर्माण कार्य गर्न पाइने भएको छ ।
बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सो कार्य गर्न सक्ने अनुमति दिएको हो ।
प्रशासनको निर्णयपछि अब जरुरी उद्योग संचालन गर्न र निर्माण गर्न सजिलो हुनेछ ।
तर, श्रमिकहरु कार्यस्थलमै बसोबास गर्नुपर्ने भएको छ । उनीहरुको आवागमनमा रोक लगाइएको छ । बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर