राष्ट्रपतिको ‘कार्बन तटस्थ’ लक्ष्यमा वायुसेवा निगमले साथ दिने – Nepal Press

राष्ट्रपतिको ‘कार्बन तटस्थ’ लक्ष्यमा वायुसेवा निगमले साथ दिने

काठमाडौं । सन् २०५० सम्म कार्बन तटस्थताको लक्ष्य हासिल गर्ने नेपालको योजनामा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले साथ दिने भएको छ ।

निगमले बुधबार वक्तव्य जारी गर्दै उक्त लक्ष्य हासिल गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आकांक्षामा साथ दिने जनाएको हो ।

‘राष्ट्रपतिज्यूको आकांक्षामा साथ दिँदै आगामी दिनमा वातावरणमैत्री क्रियाकलापहरुमा थप उत्साहसहित निगम अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छ’ प्रवक्ता करिश्मा श्रेष्ठद्वारा जारी व्यक्तव्यमा उल्लेख छ ।

गत आइतबार दक्षिण कोरियाको आयोजनामा सम्पन्न हरियाली विकास तथा विश्व लक्ष्य (पीफोरजी २०२१) सम्मेलनलाई भर्चुअलरुपमा सम्बोधन गर्दै राष्ट्रपतिले कार्बन तटस्थताको प्रतिबद्धतामा नेपाल अडिग रहेको बताएकी थिइन् ।

राष्ट्रपतिले उल्लेख गरेअनुसार उक्त लक्ष्य हासिल गर्ने तयारीको बारेमा जानकारी गर्न पाउँदा निगमले गौरवान्तित महसुस गरेको पनि उल्लेख छ ।

हवाइ उड्डयन क्षेत्रको अन्तर्राष्ट्रिय नियामक निकाय आइकाओसहित युरोपेली युनियन र दक्षिण एसियाली नागरिक उड्डयन साझेदारिताको पहलमा उत्सर्जन अनुगमन योजना (इएमपी)को स्वीकृति प्राप्त गरेको पनि निगमले जनाएको छ ।

साथै, राष्ट्रिय ध्वजाबाहकले आइकाओको प्रावधानअनुसार सिंगापुरस्थित भेरिफाबियाको परीक्षण पनि सफलतापूर्वक सम्पन्न गर्दै उत्कृष्ट भएको समेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *