नागरिकस्तरबाट कोभिड आइसोलेसन सेन्टर निर्माण गरेर अस्पताललाई हस्तान्तरण – Nepal Press

नागरिकस्तरबाट कोभिड आइसोलेसन सेन्टर निर्माण गरेर अस्पताललाई हस्तान्तरण

रुपन्देही । रुपन्देहीको भैरहवामा हिन्दु स्वयंसेवक संघ नेपालले १५ शैयाको कोभिड आइसोलेसन निर्माण गरेर अस्पताललाई संचालनका लागि हस्तान्तरण गरेको छ । संघको सिद्धार्थनगर–१३ सेवापथस्थित भैरहवाको नवनिर्मित कार्यालयमा करिब १५ लाखको लगानीमा सेवा इन्टरनेशनल नेपाल र संघले भैरहवास्थित केशवधाममा १५ शैयाको कोभिड आइसोलेशन सेन्टर निर्माण गरी सञ्चालनका लागि भैरहवास्थित भीम अस्पताललाई हस्तान्तरण गरेको हो ।

अस्पतालमा बेडको अभाव भएको बेला सेवा इन्टरनेशनल र हिन्दु स्वयंसेवक संघले आइसोलेशन सेन्टर बनाउनु पूण्य काम भएको भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण भण्डारीले बताए । अक्सिजन कन्सन्टे«टर आउन केही ढिलाई भएकोले आइसोलेशन सेन्टर सञ्चालनमा पनि थोरै ढिलाइ हुन पुगेको कोभिड आइसोलेशन सेन्टर निर्माण समितिका संयोजक उमाशंकर पाठकले बताए । उनले समाज र देशको लागि केही काम गर्नुपर्छ भन्ने उद्देश्यले आइसोलेशनमार्फत कोरोना संक्रमित उपचारका लागि लगानी गरेको बताए ।

१५ शैयामध्ये १० वटा बेड अक्सिजन कन्सन्ट्रेटर र ५ वटा सामान्य अवस्थाका बिरामीका लागि बिना अक्सिजन आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हिन्दु स्वयंसेवक संघ नेपालका रुपन्देही जिल्ला सेवा प्रमुख सुरज उपाध्यायले बताए । आइसोलेशन सेन्टर भीम अस्पतालको मातहतमा सञ्चालन हुने गरी अस्पताल विकास समितिका अध्यक्ष भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा.शकुन्तला गुप्तालाई हस्तान्तरण गरिएको हिन्दु स्वयंसेवक संघ नेपालका भैरहवा प्रमुख राजन शुक्लाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *