पोखरामा निषेधाज्ञा जेठ मसान्तसम्मै लम्बियो (आदेशसहित)
नेपाल प्रेस
२०७८ जेठ २० गते १८:४६
पोखरा । कोरोनाभाइरस जोखिम न्यूनीकरणका लागि कास्की जिल्लामा लगाइएको निषेधाज्ञा जेठ मसान्तसम्मै लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा कायमै रहने निर्णय गरेको हो । पोखरामा थप गरिएको निषेधाज्ञा जेठ २१ गते मध्यरातदेखि लागु हुनेछ ।
निषेधाज्ञा अवधीभर पोखरामा खाद्यान्न, फलफूल, तरकारीका पसलहरु बिहान ९ बजेसम्म संचालन हुन पाउने भएका छन् । अत्यावश्यकबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ ।
हेर्नूस आदेश :
यस्तो छ गण्डकी प्रदेशको अवस्था :
तस्विर : सुशान्त खड्का क्षेत्री
प्रतिक्रिया
सम्बन्धित खवर