राष्ट्रीय युवा संघले भ्याक्सिन स्वयमसेवक खटाउने
पोखरा । राष्ट्रीय युवा संघ नेपाललले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन स्वयमसेवक परिचालन गर्ने भएको छ । संघको गण्डकी प्रदेश कमिटीले विहिबार पोखरामा आयोजना गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले यस्तो जानकारी गराएका हुन् ।
उन्ले तीन महिना भित्र हरेक नागरिकलाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गरे । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोल–टोल तहसम्म हजारौ स्वयमसेवक परिचालन गर्ने उनले बताए ।
नेपालमा कोभिड–१९ को संक्रमणसँगै यसको नियन्त्रण, रोकथाम, राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हज्जरौ नेता कार्यकर्ता परिचालित रहेको उनले दाबी गरेका छन् । संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहलमा उक्त सामाग्री गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती डा. डुक बहादुर छेत्रीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पिपिई, मास्क्, ग्लोभ्स आदी गरी १० लाख रकम बाराबरको सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ ।