सिटिजन्स स्मार्ट एपबाटै २ लाखसम्मको ऋण दिने – Nepal Press

सिटिजन्स स्मार्ट एपबाटै २ लाखसम्मको ऋण दिने

काठमाडौं । सिटिजन्स बैंकले एफ वान सफ्ट सँगको सहकार्य ‘पे डे लोन’नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ ।

सिटिजन बैंकमा तलब खाता भएका तथा बचत खाता मार्फत नियमित कारोबार गर्ने ग्राहकले ३० दिन सम्मका लागि २ लाख सम्मको ऋण मोबाइल बैंकिङ मार्फत प्राप्त गर्ने भएका छन् ।

यो कर्जाका प्राप्त गर्नका लागि कुनै प्रकारका धितो र कागजी प्रक्रिया आवश्यक नरहेको तथा बैंकिङ शाखामा पुग्नु नपर्ने बैंकले जनाएको छ । तुरुन्त ऋण प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकाले यसले लोकप्रिय प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले उक्त कर्जा सुविधा सञ्चालनमा लगाइएको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६८ शाखा, १११ एटिएम र १०९ शाखा रहित बैंकिङ मार्फत करिव १० लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *