कार्यभार सम्हाल्दै पर्यटनमन्त्रीद्वारा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न समिति गठन – Nepal Press

कार्यभार सम्हाल्दै पर्यटनमन्त्रीद्वारा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न समिति गठन

काठमाडौं । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले कार्यभार सम्हालेका छन् ।

पद बहाली गर्दै मन्त्री अरगरियाले जनकपुरको रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने बताए ।

साथै मन्त्री अरगरियाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गरि आवश्यक सिफारिस सहित प्रतिवेदन पेश गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गरेका छन् ।


प्रतिक्रिया

One thought on “कार्यभार सम्हाल्दै पर्यटनमन्त्रीद्वारा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न समिति गठन

  1. रामप्रसाद मंडल , भू पू. यदुकुहा हाई स्कुलको शिक्षक र पवन मंडल सरको धेरै नजिकको व्यक्ति । says:

    यदि जानकी मंदिर विश्व सम्पदामा सुचिकृत मंत्रीज्यूको कार्यकालमा भैहाल्छ भने हजुर जगत जननी माँ जानकीजीको आशिर्वादले यस युगको एउटा ईमानदार , संघर्षशील , निडर ,विकासप्रेमी त हुनुहुन्छ नै र बाँकी ३ युगमा मनुष्यकै योनीमा जन्म हुन्छ नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर