लमजुङ घटनामा पीडित बालिकालाई दबाब दिएर बयान फेर्न लगाइयो : बालअधिकार अभियन्ता – Nepal Press

लमजुङ घटनामा पीडित बालिकालाई दबाब दिएर बयान फेर्न लगाइयो : बालअधिकार अभियन्ता

काठमाडौं । लमजुङमा १४ वर्षीया बालिकाले शिक्षकबाट आफू बलात्कृत भएको आरोप झुटो भएको भन्दै बयान फेरेपछि बालअधिकारकर्मीहरूको ध्यानाकर्षण भएको छ ।

बालिकालाई दबाबमा परेर बयान फेर्न बाध्य पारिएको आशंका गर्दै बालअधिकारका लागि राष्ट्रिय अभियानले सत्यतथ्य छानविन गर्न माग गरेको छ ।

राइनास नगरपालिका-९स्थित भैरव मावि मोहोरियाका शिक्षक प्रकाश थापालाई सोही विद्यालय अध्ययनरत बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो ।

अभियानका संयोजक प्रवीन सिलवालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बालिकाले जुनसुकै माध्यमबाट आफूमाथि भएको दुर्व्यवहारका विषयमा बताएता पनि काुनको ढोकासम्म यो घटना पुगेपछि संविधानअनुरुप तथा अन्तर्राष्ट्रिय बालन्यायको सिद्धान्तअनुरुप र प्रचलित बाल न्याय सम्पादन प्रणालीमार्फत् यस घटनाको सत्यतथ्य छानविन गरिनुपर्दथ्यो ।’

कानुनी व्यवस्थानुसार प्ररहीकै प्रतिदेनका आधारमा मुद्दा चलाउनु पर्नेमा त्यसको गरिएको नपाइएको विज्ञप्तिमा उल्लेख छ । ‘घटनामा यदि बालिकाको आरोप झुटो हो भने पनि उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालविज्याइँको मुद्दा लगाउन सकिनेमा आरोपित शिक्षक मौन रहनुले शंकाको घेरालाई बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संयोजक सिलवालले घटनाको सत्यतत्थ्य छानबिन गर्न आवश्यक सहजीकरण, निर्देशन, तथा पैरवी गर्न स्थानीय सरकार र सरोकारवाला निकायहरूको ध्यानाकर्षण समेत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *