चीनको तिब्बत र लुुसान सहरबाट थप स्वास्थ्य सामग्री नेपाल आइपुग्दै – Nepal Press

चीनको तिब्बत र लुुसान सहरबाट थप स्वास्थ्य सामग्री नेपाल आइपुग्दै

काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध नेपाललाई चीनको तिब्बतबाट थप स्वास्थ्य सहायता प्रदान हुने क्रम जारी छ । ल्हासास्थित महावाणिज्य दूतावासको पहलमा जरुरी स्वास्थ्य सामग्री नेपाल आउने भएको छ ।

महावाणिज्यदूत नवराज ढकालका अनुसार तिब्बत सरकारबाट नेपाललाई थप ५० थान अक्सिजन कन्सनट्रेटर र लुसान सहरबाट लुम्बिनी विकास कोषलाई थप १० थान अक्सिजन कन्सनट्रेटर प्राप्त भएको छ ।

ती सामग्रीहरु ल्हासाबाट तातोपानीको तर्फबाट हिँडिसकेको ढकालले जानकारी दिए । तिब्बत र लुसान सहरबाट प्राप्त ती स्वास्थ्य सामग्रीलाई स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बुझ्ने भएका छन् ।

साथै, नेपाल-चीन तिब्बतियन औद्योगिक पार्कले झापाको दमकको लागि केही चिकित्सा सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको र यसका लागि समन्वय भैरहेको जनाइएको छ ।

केरुङबाट सामग्री ढुवानी लिएर नेपाल आउने ट्रकको संख्या बढाउन पहल भैरहेको समेत महावाणिज्य दूतावासले जनाएको छ । उक्त ढुवानीका मेडिकल सामग्रीलाई प्राथमिकता दिन समन्वय गरिएको ढकालले जनाए ।

तिब्बतले यसअघि पनि नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर